विराटनगर,२८ चैत । विराटनगर स्थित पिपल चोक उत्तर तर्फ हाइवेमा साजन पार्टी प्यालेसको दोस्रो साखा खुलेको छ ।
सुविधासम्पन्न प्यालेसको बिहिबार उद्घाटन गरिएको छ । झण्डै ५ सय मानिसहरु अट्ने क्षमता भएको पार्टीप्यालेसमा विवाह,व्रतवन्ध र विभिन्न कार्यक्रहरु गर्न सकिने सञ्चालक साजन कामतले जानकारी दिनुभयो । विराटनगर बरगाच्छी पूर्व साजन पार्टी प्यालेस सञ्चालनमा छ । यसैले ब्रान्चकोरुपमा अर्को पार्टी प्यालेस खोलेको हो ।
पार्टी प्यालेसको भोलेबाबा माताले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली लगायत विराटनगरका विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।