विराटनगर ,२८चैत । विराटनगरमा आजबाट आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि-२० प्रतियोगिता मौसमका कारण रोकिएको छ । बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुदै थियो।
बहिरा क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएपनि मौसमका कारण खेल रोकिएको बताए । मौसमले साथ दिए यो खेल भोलीबाट हुने छ । प्रतियोगितामा झापा, सुनसरी, आयोजक बहिरा क्रिकेट संघ मोरङ र विराट बहिरा मावि गरी चार टिमको सहभागिता रहने भएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ९० हजार रुपैयाँ र उपविजेता टिमले नगद ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस प्रतियोगिताले बहिरा समुदायका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने र क्षमता विकास गर्ने अवसर प्रदान गर्नेछ।
दोभाषे सन्तोषी घिमिरेले मौसमका कारण खेल स्थगित गर्नुपरेको बताइन् । सवै खेलाडीहरु विराटनगर आइसकेको तर मौसमले साथ नदिदा खेल रोकिएको बताइन् । उनले मौसम विचार गरेर भोली खेल खेलाइने बताइन् ।