Birat Post बुधबार, चैत्र २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ चैत । विराटनगरको वाइआरसिसि क्रिकेट क्लब चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसिले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सिराहाले दिएको १४१ रनको लक्ष्य वाइआरसिसिले मात्र १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । वाइआरसिसिको उत्कृष्ट जितमा अमित श्रेष्ठको विस्फोटक ब्याटिङ महत्वपूर्ण रह्यो । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ४६ रन बनाएर प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे ।

अमित यादवले पनि उत्कृष्ट प्रदर्शन गर्दै अविजित २९ बलमा २ छक्का र ३ चौकासहित ३७ रन बनाए । ओपनर अमिर शेखले ७ बलमा तीव्र गतिले २१ रन जोडे । दिलिप नथले अविजित ७ बलमा १६ रन र शुभ कंसाकारले १० बलमा १२ रन बनाए । सिराहाका कुस मन्डल र आनन्द कमाईतले टिमका लागि २–२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सिराहाले १९.३ ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो । सिराहाका लागि शैलेन्द्र साहले सर्वाधिक १७ बलमा २७ रन बनाए । चन्दन यादवले १२ बलमा १६ रन, राकेश कामतले १५ रन र फतेन सिद्दिकीले अविजित १२ बलमा १४ रनको योगदान दिए ।

वाइआरसिसिका बलरतर्फ विधान गोस्वामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । राम नरेश गिरीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए र नरेन साउदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । वाइआरसिसिको यो जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार हुने पहिलो सेमिफाइनलमा विराटनगरको होराइजन र हाइपर क्रिकेट क्लब पटनाबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार वाइआरसिसिले सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विरुद्ध दोस्रो सेमिफाइनल खेल्नेछ । प्रतियोगिताको विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार हात पार्ने मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठले दिएकी छिन् । चैत ३० गतेसम्म संचालन हुने यस प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
अभियन्ता दुर्गा प्रसाईंलाई भद्रपुरबाट काठमाडौँ लगियो
प्रसाइलाई झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल हुदै
नेपाली सेनामा भर्ना खुल्यो,वैशाख २७ भित्र आवेदन दिन सकिने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल