विराटनगर,२४ चैत । मारवाडी युवा मञ्च विराटनगरको ११ औं साधारण सभाबाट अध्यक्षमा मोहित लालवानी निर्विरोध निर्वाचित भएका छन । अंकित मारुको अध्यक्षतामा आयोजना भएको साधारणसभामा धिरज शर्माले महासचिवको प्रतिवेदन एवं हर्ष राठीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरि पारित गरेका थिए ।
साधारण सभामा मारवाडी सेवा समिति बिराटनगरका कार्यवाहक अध्यक्ष जुगल किशोर राठी, नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सदस्य शंकर लाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, मारवाडी महिला मञ्च बिराटनगरकी अध्यक्ष श्रीमती सरिता लालवानी, मारवाडी युवा मञ्च बिराटनगरका वरिष्ठ सल्लाहकार राजेश लखोटिया, निवर्तमान अध्यक्ष जय शर्मा लगायतको मञ्चमा गरिमामय उपस्थिति रहेको थियो, सभामा युवा मञ्च का पुर्व अध्यक्ष, मारवाडी समाज का अग्रज एव युवा सदस्य हरुको उपस्तिथि रहको थियो।
साधरणसभाबाट निर्वाचन प्रभारी राजेश लखोटियाले अरु कसै को उम्मेद्वारि नपरेको हुनाले अध्यक्षमा मोहित लालवानीको नाम निर्विरोध भएको घोषणा गरेका थिए । लालवानीको उम्मेद्वारिमा तेरापंथ युवक परिषदका अध्यक्ष पवन बोथरा एवं ओसवाल युवा मञ्चका अध्यक्ष मधुर दुगड प्रस्तावक रहेका थिए भने, ब्राहम्ण युवा मञ्चका अध्यक्ष राहुल शर्मा एवं माहेश्वरी युवा मञ्चका अध्यक्ष अजय राठीले समर्थन गरेका थिए । नव निर्वाचित अध्यक्ष मोहित लालवानी लाई सफल कार्यकाल को शुभकामना प्रदान गरिएको छ । नवनिर्वाचित अध्यक्ष लालवानीले आफ्नो कार्यकालमामा समाजका लागी समर्पित भएर कार्यगर्ने प्रतिबद्द्ता जाहेर गरेका छन् ।