Birat Post सोमबार, फाल्गुण २६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ फाल्गुन / विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमरियाको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्साललाई मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष विश्वनाथप्रसाद भगतले उक्त मेसिन हस्तान्तरण गरेका थिए ।

मापसे गरेर सवारी साधन चलाएर हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ब्रेथलाइजर मेसिनले सहयोगी भूमिका खेल्ने विश्वास लिएको मेयर कोइरालाले बताए । सो मेसिन १ लाख ५० हजारमा खरिद गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष भगतले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन
देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल