Birat Post सोमबार, फाल्गुण १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ फाल्गुन / उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको विदाइ गरिएको छ ।
आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको विदाई गरिएको हो ।

कार्यक्रममा मेयर नागेश कोइरालाले अविर, टीका र खादा लगाएर मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रमुख प्रशासकीय अधिकृतका रुपमा राजेन्द्र पराजुलीले अमिट छाप छाडेर गएको स्मरण गर्नुभयो । मेयर कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई थप मजबुत बनाउन पराजुलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधिले अघि सारेका योजना कार्यान्वयनमा पराजुली नेतृत्वको कर्मचारी संयन्त्रले सधैं सहयोग गरेको उल्लेख गर्नुभयो । निजामती सेवामा साढे ३ दशकभन्दा लामो अनुभव संगाल्नुभएका पराजुलीबाट विराटनगरले भविष्यमा पनि साथ र सहयोग प्राप्त गर्ने मेयर कोइरालाले विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै पराजुलीले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधिसँग जनताका असीमित चाहना हुने भएकाले कर्मचारीले जनप्रतिनिधिका समस्या बुझेर काम गर्नु आवश्यक रहेको उहाँले औंल्याउनुभयो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर नभए विकासले गति लिन नसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, ११ का तीर्थेन्द्र नेउपाने, १४ सूर्यनारायण महतो, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत राप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायत विभिन्न महाशाखा र शाखा प्रमुखहरुले खादा, माला र अविर लगाएर विदाई गर्नुभएको थियो । मोरङको साविक हसन्दह स्थायी घर भएका पराजुली लेखापालबाट सरकारी सेवा प्रवेश गरी सहसचिवबाट अवकाश भएका हुन् ।

सम्बन्धित

ताजा अपडेट
रास्वपाको सचिवालय बैठक बस्दै
अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव
विकास राजाको पालामा मात्रै भयो, गणतन्त्रले त लुटेरा जन्मायो -सांसद ज्ञानेन्द्र शाही

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल