Birat Post शनिबार, फाल्गुण १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१७ फाल्गुन । ओखलढुङेलीहरुको भेलाले बाबुकाजी थापाको संयोजकत्वमा ओखलढुंगा–मोरङ सेवा समाजको तदर्थ समिति गठन गरेको छ । शनिबार विराटनगरमा भेला भएका ओखलढुङेलीहरुले एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

गठित समितिको उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिव कौशल निरौला, कोषाध्यक्ष नवराज काफ्ले चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा तीर्थराज घिमिरे, लिलाराम बाँस्तोला,रोमप्रसाद धमला, गिरीराज अधिकारी,धिरज आचार्य, तारा कट्वाल,शोभा पोखरेल रहनुभएको छ ।

ओखलढुङ्गा थातथलो रही हाल मोरङ जिल्लामा आएर बस्ने ब्यक्तिहरुको बीचमा आपसी सद्भाव र जिल्लावासीको सामिप्यतानजिक बनाउने उद्देश्यले समिति निर्माण गरिएको सो तदर्थ समितिका अध्यक्ष वावु काजी थापाले  जानकारी दिनुभयो ।

सो समितिमार्फत ओखलढुंङाबाट विराटनगरमा आई बसोवास गरेका एकीकृत हुने भएका छन् । कार्यक्रममा ओखलढुङेली अगुवा तिर्थराज थापा,मधुसुदन ओझा,सोमनाथ घिमिरे,शम्भु दाहाल र राजकुमार थापा,देवेन्द्रराज पोखरेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल