Birat Post मंगलबार, फाल्गुण १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१३ फाल्गुन । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ ।

मंगरलबार भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८ दशमलव १ बलमा सवै विकेट गुमाई ९५ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वाधिक ५१ रनको योगदान दिए । सरस्वतीका सुरज मण्डलले ४ विकेट लिँदा निरज यादवले ३ विकेट लिए ।

९६ रनको लक्ष्य पछ्याएको सरस्वतीले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका दिगम्वर यादवले ३१ रन बनाउँदा प्लेयर अफ फाइनल क्रितिषा धामीले २२ रनको योगदान दिए । अर्किडका सुरज यादवले २ विकेट लिए । सरस्वती स्कुलबाट क्रितिषा धामी एक जना छात्रा खेलाडिले छात्रसँगै क्रिकेट खेल्ने मोरङ क्रिकेट इतिहासमा प्हलो खेलाडि भइन् ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज सरस्वतीका विकाश कामत घाषित भए । त्यस्तै उत्कृष्ट ब्याटर सरुस्वतीका प्रशान्त यादव र उत्कुष्ट बलर अर्किडका प्रेम कामत भए । विजयी तथा अन्य खेलाडिलाई हिसान मोरङका पूवै अध्यक्ष राजेश कार्की, क्रिकेट एम्पायर सिरिस उपाध्याय र भास्कर अर्यालले पुरस्कार तथा ट्रफि वितरण गरे ।

 

सम्बन्धित

ताजा अपडेट
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन
देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल