Birat Post आइतबार, फाल्गुण ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

कौशल निरौला
वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता
नेपाल,मोरङ्ग

नेपालको ओखलढुङ्गा जिल्ला साविक कुइभिर गाविस वडा नं.९ र हाल चिसङ्गखुगढी गाउँपालिका वडा नं.१ मा रहेको खानिभन्ज्याङ्गमा वि.स.२०४३ साल साउन ९ गते विहिबारका दिन कौशल निरौला जन्मेका हुन् । उनको पिताको नाम टिकाराम निरौला र माता विजया लक्ष्मी निरौला हो । उनका हजुरवुवा देवीप्रसाद निरौला शैक्षिक अभियन्ता तथा प्रधानाध्यापक समेत हुनुहुन्थ्यो । उहाँ तत्कालिन समयमा नेपाली कांग्रेसवाट कुइभिर गाविस वडा नं ९ को वडाध्यक्ष समेत बन्नु भएको थियो । उहाँकै प्रेरणलाई अनुसरण गर्दै कौशल निरौला अगाडि वढ्नु भएको हो ।

कौशल निरौलाले स्नातक सम्मको अध्ययन गर्नु भएको छ । उहाँले विभिन्न स्थानिय पत्रपत्रिका,न्यू सृष्टि दैनिक,फास्ट टाइम्स दैनिक,दर्शन दैनिक, नेपाल टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरिसक्नु भएको छ । उहाँ विराटनगर महानगरका तत्कालिन मेयर भीम पराजुलीको प्रेस सल्लाहकार भएर (वि.स.२०७४ भदौ देखि वि.स.२०७९ वैशाख) सम्म काम गर्नु भएको छ । यस्तै गिरिजाप्रसाद कोइरा फाउण्डेसन –जीपी फाउण्डेसन मोरङ्गको संस्थापक अध्यक्ष भएर (वि.स.२०७५ भदौ ६ देखि वि.स.२०८० ) सम्म काम गर्नु भएको छ ।

उहाँ प्रेस युनियन मोरङ्गको जिल्ला सह सचिव,उपाध्यक्ष हुदै कार्यवाहक अध्यक्ष समेत बन्न सफल हुनु भयो । यस्तै उहाँ नेपाल पत्रकार महासंघ मोरङ्गको दुइपटक कार्यसमिति सदस्य र अहिले नेपाल पत्रकार महासंघको बाहालबाला कोषाध्यक्ष (२०८१ पुस बाट) हुनुहुन्छ । उहाँ मोरङ्गको विराटनगरमा रहेर विराटपोष्ट डिजिटल प्रा.लिद्धारा सञ्चालित विराटपोष्ट डट.कम को अध्यक्ष तथा सम्पादकीय जिम्मेबारीमा हुनुहुन्छ । विराटपोष्टको स्थापना वि.स. २०७६/०८/२९ गते भएको हो ।

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल