Birat Post मंगलबार, फाल्गुण ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ फाल्गुन । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ ।

पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २७ रन बनाएको थियो । डिएभीका लागि प्लेयर अफ म्याच आर्यन अग्रवालले सर्वाधिक ४४ रनको योगदान दिए । ग्यालेक्सिका विवेक साहले २ विकेट लिए ।

१ सय २८ रनको लक्ष्य पछ्याएको ग्यालेक्सिले १३ ओभरमा सवै विकेट गुमाई ६५ रनमा सिमित भयो । ग्यालेक्सिका सुमित सिंहले सर्वाधिक १९ रनको योगदान दिए । डिएभीका आर्यन अग्रवालले ४ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले भगवती स्कुललाई ६ विकेटले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको भगवतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय रन बनाएको थियो । भगवतीलागि जिशन शेखले सर्वाधिक २४ रनको योगदान दिए । न्यू मूनका प्लेयर अफ म्याच समित यादवले ३ विकेट लिए ।

१ सय १ रनको लक्ष्य पछ्याएको न्यू मुनले १४ दशमलव ३ बलमा ४ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । न्यू मूनका रेहान आलमले सर्वाधिक २० रनको योगदान दिए । भगवतीका अन्सकुमार सिंशले २ विकेट लिए ।

 

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल