Birat Post मंगलबार, फाल्गुण ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,६ फाल्गुन ।  नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागले ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नाराका साथ प्रदेश स्तरीय अभियान आयोजना गर्ने भएको छ ।मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आमजनमानसमा नेपाली कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनवारे तथ्यगत जानकारी दिने उद्देश्यले सातैवटा प्रदेशका राजधानीमा प्रदेश स्तरीय अभियान आयोजना गर्न लागेको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका सचिव गोपाल झाले जानकारी गराए ।

अभियान यही फागुन ९ गते कोशी प्रदेशको विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्वीनीको वुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदुर पश्चिमको धनगढीमा आयोजना हुन लागेको छ ।यस कार्यक्रममा नेपाली कांग्रेसका सम्बन्धित प्रदेशका केन्द्रीय पदाधिकारी सदस्यहरु प्रदेश कार्य समितिका पदाधिकारी सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, जिल्लाकार्य समितिका पदाधिकारी तथा प्रचार विभागका प्रमुख एवं प्रवक्ताहरु क्षेत्रिय कार्य समितिका पदाधिकारी सदस्यहरु र भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु र प्रेस युनियनलगायत विभिन्न संचार कर्ममा आवद्ध संचारकर्मीहरुको सहभागिता रहने छ भने यसमा दुईवटा कार्यपत्र प्रस्तुत हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल