Birat Post सोमबार, फाल्गुण ०५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,५ फाल्गुन ।  कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गर्न लागिएको नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

प्रतियोगितामा दुई वटा भारतीयसहित १० वटा टिम सहभागी हुने पक्का भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलनमार्फत भारतका दुई र नेपालका विभागीयसहित आठ वटा गरी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिइयो ।

आठौं संस्करण आफैं गरेको विराट गोल्डकप फुटबल ट्रष्टले नवौं संस्करण आयोजनाको जिम्मा उद्योगी नवीन रिजाललाई दिएको छ । गोल्डकप संयोजक रिजालले प्रतियोगितामा भाग लिने टिमको टुंगो लागिसकेको बताए । फागुन १९ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगितामा भारतबाट साउथर्न समिति फुटबल क्बल कोलकाता र सुदेभा दिल्ली फुटबल क्लब आउनेछन् ।

गोल्डकपमा नेपालका विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ फुटबल क्लबसहित थ्रीस्टार फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, चर्च ब्वाइज फुटबल क्लब तथा रिजालको मोरङ एफसीले सहभागिता जनाउने छन् ।

विराटनगरको सहिद रंगशालामा हुने गोल्डकप आयोजनाका लागि मैदान मर्मत र सरसफाइको काम भइरहेको जानकारी दिँदै रिजालले प्रायोजकहरूको लगभग टुंगो लागिसकेको बताए ।

रंगशाला बाहिर र भित्र ब्यानर तथा होडिङ बोर्ड राख्ने तथा फ्रल्ड लाइट चेकजाँचको काम भइरहेको उनको भनाइ छ । रिजालले फ्रल्ड लाइटमा केही समस्या देखिएकाले मर्मतका लागि सहयोग गर्न प्रदेश सरकारलाई आग्रह पनि गरे ।

उनका अनुसार प्रतियोगिताका लागि संरक्षक र प्राविधिक सहयोगीमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल संघ (एन्फा) र मोरङ उद्योग व्यापार संघ रहेका छन् ।

गोल्डकप सम्पन्न गर्न एक करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्योबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् ।

दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार रूपैयाँ प्रदान गरिने जानकारी रिजालले दिए । ‘सबै क्षेत्रमा आर्थिक मन्दीको असर परेका कारण सहयोग जुटाउन कठिनाइ भइरहेको छ,’ उनले भने, ‘तर, गोल्डकपको पहिचानलाई जोगाउन प्रतियोगिता सञ्चालन गर्नैपर्ने अवस्थामा विभिन्न चुनौतीको सामाना गर्दै अगाडि बढ्ने जमर्को गरिरहेका छौं ।’

दर्शकमध्ये दैनिक ५ जनालाई ‘फेस अफ दी विराट गोल्डकप’ छनोट गरेर ताज पहिरिने व्यवस्था मिलाइएको रिजालले बताए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल