Birat Post आइतबार, फाल्गुण ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ फाल्गुन । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ आयोजना गर्ने भएको छ । हरेक वर्ष झै यस वर्ष पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न र सिकाइलाई व्यवहारिक प्रयोग गर्न एक्जिबिसन आयोजना गर्न लागिरहेको विद्यालयका प्राचार्य टिकाराम पुरीले जानकारी दिनुभयो ।

यु.के.जी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ५ गते बिहान ११ देखि ३ बजेसम्म र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ६ गते सोहि समयमा हुने जनाएको छ । विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक विकासमा वृद्धि गर्ने तथा पाठ्यक्रमद्वारा निर्दिष्ट गरिएका प्रयोगात्मक र जीवनोपयोगी शैक्षिक उपलब्धिहरूसँग विद्यार्थीहरूलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्राचार्य पुरीले बताउनुभयो । ‘ज्ञान सीप र रचनात्मकता संग भविष्यको आकार’ भन्ने नाराका साथ हुन लागेको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञानमूलक विषयवस्तुहरूको प्रदर्शनी गर्नेछन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल