विराटनगर,२ फाल्गुन । राप्रपा मोरङले अधिवेशनको तयारी थालेको छ । पार्टीको गत शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले फाल्गुन र चैत्र भरिमा वडा र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले फाल्गुन मसान्त सम्ममा जिल्लाका सम्पूर्ण वडा समितिहरुको अधिवेशन सम्पन्न गरि चैत पहिलो हफ्ता भित्र सम्पूर्ण १७ वटा पालिकाको अधिवेशन, चैत्र दोस्रो हफ्ता भित्र १२ वटा प्रादेशिक अधिवेशन र चैत्रको तेस्रो हफ्ता ६ वटा क्षेत्रीय अधिवेशन गर्ने र तत्पश्चात जिल्ला अधिवेशनको मिति तय गर्ने निर्णय भएको राप्रपा मोरङका जिल्ला प्रवक्ता संजय बिक्रम अधिकारीले जानकारी दिए ।