Birat Post शुक्रबार, फाल्गुण ०२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 काठमान्डौं,२ फाल्गुन । । सर्वोच्च अदालतले पाँच वर्षपछि राजनीतिक उच्च तहका नेताहरुको बारेमा चलेको मुद्धाको सुनुवाई थालेको छ ।
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल विरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष
नेपाल विरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त मुद्दा पूर्ण इजलासमा गर्न आदेश दिएको हो ।

पूर्ण इजलासमा कम्तीमा ३ जना न्यायाधीश हुन्छन् । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

उक्त निर्णयलाई चुनौती दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले २९ माघ २०७६ मै सर्वोेच्च अदालतमा रिट दर्ता गराएका थिए । उक्त रिटको पाँच वर्षपछि बिहीबार सुनुवाइ भएको हो।

सम्बन्धित

ताजा अपडेट
अधिवेशनमा होमियो राप्रपा मोरङ
नेसपा नयाँ शक्तिको अध्यक्षमा बाबुराम, महासचिवमा स्याङतान
ललिता निवास मुद्धामा पूर्वप्रधामन्त्रीद्वय भट्टराई र नेपालको मुद्दा पूर्ण इजलासमा सुनुवाई हुँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल