Birat Post मंगलबार, माघ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ माघ । सामाजिक सञ्जालको प्रयोग गर्दै किशोरीहरु एक्लै सीमा पार हुने साथै प्रेम सम्वन्ध देखाएर जाने कुराले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती थपिएको माइती नेपालले जनाएको छ । मंगलबार माइती नेपालले २०२४ मार्चदेखि २०२५ फेब्रुअरी १० सम्म मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सफलता तथा चुनौती बारे प्रतिवेदन सार्वजनिक गदै यस्तो जनाएको हो ।

सामाजिक सञ्जालको प्रयोग गर्दै किशोरीहरु एक्लै सीमा पार हुदा अपराधमा सम्लग्न मानिस भेटिन नसकेको, भारतबाट नेपालका विभिन्न फ्याक्ट्रीमा काम गर्न आउनेहरुसंग नेपालका किशोरीहरु विवाहका नाममा या प्रेम सम्वन्ध देखाएर जानेहरु वढेको कारण मानव वेचविखन विरुद्धको सफलतामा चुनौती थपिएको माइती नेपालको भनाइ छ ।

यस्तै माइती नेपालले एक वर्षमा सिमानाकाबाट २०२ जनाको उद्धार गरेको छ। माइती नेपालले २०२४ मार्चदेखि २०२५ फेब्रुअरी १० सम्म मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सफलता तथा चुनौती बारे प्रतिवेदन सार्वजनिक समेत गरेको छ । प्रतिवेदन अनुसार जोखिममा रहेर सीमावर्ती नाकाबाट फिर्ता गरिएकाहरू २०२ जना रहेका छन्।

माइती नेपालले ३ जनालाई भारतको कटिहारबाट फिर्ता गरिएको जनाएको छ। हराएर आएका ३४ जनाको निवेदन मध्ये ७ जना भेटिएको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए। उनका अनुसार, माइती नेपालमा घरेलु हिंसाका ४८ वटा उजुरी, सीमा नाकाबाट नै फर्काइएको १३ जना र १३२ जनाको काउन्सिलिङ गरिएको छ।

जोखिममा रहेर फर्काइएका २०२ जनामध्ये जनजाति ५२ जना, मधेसी ४८, ब्राह्मण क्षेत्री ३६ जना, चौधरी र राजवंशी ३६, दलित २८ जना र २ जना मुस्लिम समुदायका रहेको पोखरेलले जानकारी दिए। ‘मोरङका ८० जना मध्ये विराटनगर र रतुवामाइ नगरपालिकाका ८-८ जना तथा सुन्दरहरैचाका ७ जनालाई उद्धार गरेका छौँ,’ उनले भने, ‘सुनसरीका ४४ जना, झापाका १५ जना रहेका छन्, अरू उदयपुरका ८, सिराहा र सप्तरीका ५–५ जना रहेका छन्।’

खोटाङ, धनकुटा, तेह्रथुम, इलाम, सिन्धुपाल्चोक, भोजपुर, पाँचथर, संखुवासभा, सर्लाही, सल्यान, दोलखाका समेत उद्धार भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। भारतको दार्जिलिङ सहित नेपालका २३ जिल्लाका जोखिममा परेकालाई विराटनगरबाट उद्धार भएको पोखरेलको भनाइ छ। गत वर्ष २२ जिल्ला रहेकोमा यो वर्ष नयाँ दुई जिल्ला थपिएको बताए।

कामको सिलसिलामा जानेहरूको सङ्ख्यामा पनि बढोत्तरी भएको माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिइन्। विराटनगर महानगरपालिकासँगको समन्वयमा पैदल यात्री, ट्याक्सी, रिक्सा र सीमाबाट सचेतना फैलाउने काम भइरहेको उनले बताइन् । उनले नाचगाँनका नाममा नेपालवाट भारत र भारतवाट पनि चेलीवेटी आउजाउ गर्ने गरेको जानकारी दिइन् । कतिपय किशोरीहरु घरमा झगडा गरेर भारततर्फ जानेको गरेको बताइन् । धेरै किशोरीहरुलाई परामर्श दिएको पनि शर्माले बताइन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल