विराटनगर,२८ माघ । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल निजक रानी मिनी महोत्सव सुरु भएको छ । लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने छ । महोत्सवबाट आएको आम्दानीले खेलकुद क्षेत्रमा लागेका बालवालिकाहरुको क्षमता अभिवृती गर्नुको साथै उनीहरुलाई निःशुल्क प्रशिक्षण प्रदान गरिने क्लबका सचिब रोशन ठाकुरीले जानकारी दिए ।
‘महोत्सवबाट आएको आम्दानीले स्थानीय बालवालिकाहरुको खेलकुद विकासमा महत्पूर्ण योगदान पुर्याउने लक्ष्य रहेको छ,’ सचिव ठाकुरीले भने । एक महिनासम्म संचालन हुने महोत्सवमा विभिन्न प्रकारका फुटको स्टबल, बालवालिकाहरुको लागि खेल सामाग्री र दैनिक स्थानीय र चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने बताइएको छ । महोत्सवमा ज्योती मगर, अनु चौधरी, अन्जु कुशमी, राज कुसमी, एलीना चौहानलागयतका कलाकाहरुबाट दैनिक रुपमा मनोरञ्जन प्रदान गर्नेछन् ।
त्यसैगरी स्थानीय कलाकारहरुबाट प्रस्तुती हुने बताइएको छ । महोत्सवमा दैनिक एक हजार बढीले अलोकन गर्ने अपेक्षा राखेको छ । राष्ट्रिय स्तरको कलारकाहरु आउँदा मात्रै आयोजकले टिकट राखेको छ भने अन्य दिन निःशुल्क रहेको छ । महोत्सवमा ५० लाख बढी खर्च हुने आयोजकको अनुमान रहेको छ ।