Birat Post सोमबार, माघ २८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२८ माघ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

मङ्गलबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बदली, हिमपात तथा हुस्सु-कुहिरोको सम्भावना भएको स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरले पायो नयाँ कार्यसमिति
कृषिजन्य मेसिन “कम्वाइन हार्वेस्टर” ल्याउदा विराटनगर रानीका भन्सार प्रमुखले दुःख दिएको आरोप
रानी मिनी महोत्सव सुरु , राष्ट्रिय कलाकारको दमदार प्रस्तुती रहने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल