Birat Post शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२५ माघ ।  सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर बर्जू गाउँपालिका–४ का २८ वर्षीय रूपेशकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बर्जू–४ हस्नपुरमा बिहीबार बिहान शव फेला परेको थियो । मोटरसाइकल र शव सँगै फेला परेको प्रहरीले जनाएको छ । मृतकको शरीरका विभिन्न भागमा चोट लागेको थियो । टाउकोमा ‘हेल्मेट’ थिएन ।

प्रहरीका अनुसार ‘हेल्मेट’ नलगाईकन मोटरसाइकल चलाउँदा दुर्घटनामा परी टाउकोमा चोट लागेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चौधरीको शवनजिकै उनले चलाएको को ३४ प ६७६१ नम्बरको मोटरसाइकल लडिरहेको थियो ।

स्थानीयले बिहान ७ बजेतिर मोटरसाइकल लडिरहेको र चौधरीको मृत्यु भएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । मोटरसाइकल चालकले ‘हेल्मेट’ अनिवार्य लगाउनु पर्छ । ट्राफिक प्रहरीले टाउकाको सुरक्षाका लागि ‘हेल्मेट’ लगाएर मात्रै मोटरसाइकल चलाउन सबैमा आग्रह गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन
देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल