Birat Post बिहिबार, माघ २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

चितवन,२४ माघ ।  साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

थुनछेक बहसछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

यसअघि लामिछानेको मुद्धा कास्की, काठमाडौं र रूपन्देही जिल्लामा दर्ता भई हाल विचाराधीन अवस्थामा छ । उनले हालसम्म धरौटी बापत नै सवा दुई करोड रुपैयाँ बुझाइसकेका छन्। सबैभन्दा पहिला कास्की जिल्ला अदालतले गत पुस २५ गते उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले माघ २ गते ६० लाख रुपैयाँमा लामिछानेलाई थुनामुक्त गरेको थियो। सबैभन्दा बढी रूपन्देही जिल्ला अदालतले माघ १३ गते धरौटी बापत एक करोड रुपैयाँ लिएर उनलाई रिहा गरेको थियो।

साहारामा यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछानेलाई किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी बनाइएको थियो । साहाराको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । यहाँ लामिछानेविरुद्ध सहकारी ठगीको मात्रै मुद्धा दायर छ ।

सम्बन्धित

ताजा अपडेट
प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिन मेयर कोइरालाको आग्रह
गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानद्वारा न्यानो कपडा र स्टेशनरी वितरण
औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउँछ : मुख्यमन्त्री कार्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल