Birat Post आइतबार, माघ २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर, २० माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ ।
उद्योग संगठन मोरङद्वारा आयोजित, ‘ विराट एक्स्पो–२०२५’ को आइतबार समापन कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताउनु भएको हो । स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धी कायम हुने  धारणा व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनामा आकर्षण वृद्धि भएको चर्चा गर्दै प्रदेश सरकार उद्योग स्थापनाका लागि आवश्यक नीति, कानूनको व्यवस्था गर्नुका साथै उद्यमीहरुसँग सहकार्य गर्ने बताउनु भयो ।  उहाँले प्रदेश सरकारले  आगामी २०८२ वैशाख १८ र १९ गते गर्ने लगानी सम्मेलनका लागि तयारी शुरु गरेको जानकारी दिदै यसको सफलताका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।
सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चीतका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीहरुलाई आग्रह गर्नु भयो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन यो एक्स्पोले निकै मद्दत पु¥याएको बताउनु भयो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रका बजार चलायमान गर्न एक्स्पोले सहयोग गरेको बताउनु भयो । यही माघ १२ गतेदेखि  एक्स्पो सञ्चालन भएको थियो । एक्स्पोमा २६८ बटा स्टलमा स्वदेशी तथा भारत, बङ्लादेश, पाकिस्तानका उत्पादनहरु राखिएको थियो ।
एक्स्पोमा स्वदेशी तथा छिमेकी भारतीय नागरिक गरी दुई लाख ५० हजारले अवलोकन गरेको अनुमान आयोजकको छ । कार्यक्रममा उद्यमी तथा व्यवसायीहरुलाई सम्मान समेत गरिएको उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दु राठीले जानकारी दिनु भयो ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकपको संयोजकमा नविन रिजाल, जिम्मेवारी पाएकै दिन खेलमैदानको निरीक्षण
पाठेघरको क्यान्सर न्यूनीकरणमा सबैले सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल