बिराटनगर ,१६ माघ । विराटनगरस्थित न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको एफसीपिएस कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, र कार्डियोलोजी समावेश रहेको र थप विधाहरु थप्दै जाने अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष डा. बिरेन्द्रकुमार बिष्ट र अस्पतालका एकेडेमिक डाइरेक्टर प्रो.डा. नवीनकुमार कर्णले कार्यक्रमको पहिलो विद्यार्थी डा. सञ्जय यादवलाई हार्दिक स्वागत गरेको छ । कार्यक्रममा बोल्दै डा. यादवले नयाँ पहल चिकित्सा शिक्षा र स्वास्थ्य सेवा मापदण्डहरू सुधार गर्दै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेर अगाडी बढने बताए ।
एफसिपीएस कार्यक्रमले विभिन्न चिकित्सकीय विधाहरुमा बिशेष प्रशिक्षण, व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्ने उनले बताए । जसले गर्दा चिकित्सकहरुलाई बिरामीहरुको हेरचाहर उपचार प्रदान गर्न चाहिने नवीनतम ज्ञान र सीपहरूको विकास गरेर अगाडी बढने डा. नविन कर्णले बताए ।
यो कार्यक्रम हाम्रो अस्पतालको यात्रामा एक महत्वपूर्ण कोशे ढुंगा हुने भन्दै २४ बर्ष देखि स्वास्थ्य उपचारमा संलग्न हाम्रो अनुभव आउने र भविष्यका चिकित्सकहरुको लागी राम्रो मार्गदर्शन हुने अस्पतालका अध्यक्ष विष्टले बताए । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलको एकेडेमिक कार्यक्रम अन्तर्गत स्टाफ नर्स तथा एच.ए. को पढाइ विगत १४ बर्ष देखि सन्चालनमा रहेको छ ।