Birat Post मंगलबार, माघ १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

संखुवासभा,१५ माघ । नेपाली कांग्रेसले संखुवासभा सभापोखरि बाह्रबिसेका आगलागि पिडितहरुलाई राहत वितरण गरेको छ । स्थानिय कांग्रेस कार्यकर्ताद्धारा संकलित ४ लाख ८४ हजार ४ सय ४७ रुपैया नगद आगलागि पिडितहरुलाई प्रदान गरिएको हो । कांग्रेसको १ सय दिने अभियान अन्तरगत संखुवासभा पुगेका नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उक्त रकम हस्तान्तरण गरेका थिए ।

सभापोखरी गाउँपालिका–६ स्थित बजारमा माघ २ गते दिउँसो भएको आगलागीमा परि १७ घर जलेका थिए । आगलागिमा लाखौं रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष जितेन्द्र वनेम लिम्बूले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभएपछि घर पूर्णरुपमा जलेको थियो । अभियान अन्तरगत पुगेका नेता पराजुलीले जनताको घरदैलोमा पुग्ने र समस्या सुन्ने काममा कांग्रेस लागेको वताए ।

आगलागिबाट भएको क्षतिप्रति उनले दुःख व्यक्त गरेका थिए । मानवीय त्रुटीका कारण हुने दुर्घटना र भइपरि आउने भवितव्य समाधानका लागि आवश्यक व्यवस्थापनमा जुट्नु आजको आवश्यकता भएको उनले औल्याए । कोशी प्रदेशका सांसद समेत रहेका पराजुलीले केही समय अगाडि प्रदेश सरकारलाई आगलागि पिडित परिवारलाई राहत प्रदान गर्न पनि आग्रह गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : वाइआरसिसि सेमिफाइनलमा प्रवेश
पेरूका नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलननै समाप्त पारिएको स्मरण गराउँदै दुर्गा प्रसाइले भने म नेपालमै छु
विराटनगरमा बहिरा क्रिकेट बिहीबारदेखि हुदै: खेलाडीले भने “हामिले क्रिकेट खेलेको हेर्न आउनुहोस्,कस्तो लाग्छ?”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल