Birat Post सोमबार, माघ १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर , १४ माघ । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाई सुरु भएको छ ।
विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल ’ अन्तर्गत व्यावस्थापन कानुन ‘विविए एलएलबी’ स्नातक तहको पढाई औपारिक रुपमा सोमवारदेखी सुरु भएको हो । सोमवार विश्वविद्यालयले कानुन अध्यन गर्न भर्ना भएका विविए एलएलबी तहका विद्यार्थीह र उनिहरुका अभिभावकहरुलाई औपचारिक रुपमा अभिमुखिकरण गराएको छ ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवाश्री पोखरेलले समयसान्र्दभिक प्रविधिले दक्ष आत्मनिर्भर कानुन व्यावसायी उत्पादन गर्न देशमै पहिलो पटक पाँच बर्षे विविए एलएलबीको पाठयक्रम तयार गरेर पढाई सुरु गरेको जानकारी गराए । उनले व्यावस्थापन सहितको व्यवहारिक ज्ञान दिएर दक्ष कानुन व्यावसायी उत्पादन गर्नु विश्वविद्यालयको लक्ष्य भएको भन्दै न्याय दिलाउनका लागि प्रविधिमा अरुको भरनपरि आफै आत्मनिर्भर बनेर उत्पादित विद्यार्थीहरु आत्मनिर्भर बन्न सक्ने दाबी गरे ।

उपकुलपति पोखरेलका अनुसार देशमै पहिलो पटक मनमोहन विश्वविद्यालयले मात्र सुरु गरेको विविए एलएलबी पाँच बर्षे पाठक्रयमले सैद्धान्तिक र प्रयोगात्मक दुवै बिषयमा जोड दिने बताए । उपकुलपति पोखरेलले कानुनका विद्यार्थी र उनीहरुका अभिभावकहरु समक्ष भने , ‘पाँच बर्षे हाम्रो पाठयक्रम पढेर विद्यार्थीहरु आफै खरिद प्रकृयाबारे बुझन र साइबर अपराधबारे जान्ने अनि जग्गाको नापजाँच गर्नेदेखी अन्य धेरै अध्यन अनुसन्धान गर्न आफै सक्षम हुनेछन ।’

‘मनमोहन ईन्स्टिच्युट अफ ल’ का प्रिन्सिपल कोषराज न्यौपानेले देशको न्यायप्रणालीमा दक्ष जनशक्त्तिको खाँचो पुरा गर्न विश्विद्यालयले पहिलो पटक व्यावस्थापन कानुनको पाठयक्रम देशी विदेशी विज्ञहरुबाट तयार गराएर पढाई सुरु गराएको बताए । उनले एक महिनाभित्रै मनमोहनमा अपराध काननुमा स्नातोकोत्तर तहको एलएलबी कक्षा पनि सञ्चालनमा आइसक्ने बताए ।
मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा नारायणप्रसाद सँग्रौलाले शीप र सँस्कारयुक्त्त विद्यार्थी उत्पादन गर्नसकेमात्र व्यवहारमा खत्रो उत्रन सफल हुने बताए ।

निमित्त परीक्षा नियन्त्रक भिप्रसाद काफलेले मनमोहनले परीक्षा सम्पन्न भएको एक महिनाभित्र सबै संकायको परीक्षाफल प्रकाशित गर्ने गरेको र आगामी दिनमा पनि त्यसलाई कायम राख्ने बताए । काफलेले परीक्षाको मर्यादा र समयसीमालाई मनमोहनले कहिल्यै हेलचेक्रयाई गदैन भने । विद्यार्थी अभिमुखिकरण समारोहमा विश्वविद्यालयक प्रशासन अधिकृत गीता लम्साल , पुस्तकालय विज्ञ टिका निरौला , अस्पताल व्यावस्थापन कार्यक्रम संयोजक प्रतीक्षा रेग्मी , कानुन विज्ञ गोबिन्द न्यौपाने लगायतले बिद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले स्थापना भएको चार बर्षे पहिलो कार्यकालमै आवश्यक कानुन , नियमावली र निर्देशिका निर्माण गरि सेवा आयोग , परीक्षा कार्यालय , तीनवटा स्कुलहरु स्थापना गरि विभिन्न बिषयमा पढनपाढन गराउन थालेको छ । हालसम्म मनमोहनमा सिभिल ईन्जिनियरिङ, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स बिषयमा स्नातक तेस्रो बर्ष , वि फर्माको स्नातक तह दोस्रो बर्ष , अस्पताल व्यवस्थापन बिषयमा स्नातोकोत्तर पहिलो बर्ष र कानुन बिषयमा स्नातक पहिलो बर्षको पढाई सञ्चालन गरिरहेको छ । चाँडै प्राकृतिक योग चिकित्सा सहित अन्य विभिन्न बिषयमा स्नातक , स्नातोकोत्तर देखी पिएचडीसम्मको पढाई सुरु गर्ने मनमोहनको लक्ष्य रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
न्यूरो अस्पतालमा एमडी र एमएसको पढाई सुरु
न्यूरो अस्पतालमा बोटुलिनम टक्सिन थेरापी सत्र सम्पन्न
आज सहिद दिवस : स्वतन्त्रताका लागि जीवन आहुति गर्नेहरूको सम्झना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल