Birat Post सोमबार, माघ १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ माघ / विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महानगरको समन्वयमा यसअघि विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । सो शिविरमा ४७ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो ।

सोमबार मानव सेवा आश्रममा ६३ जनाको स्वास्थ्य जाँच गरिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दीपक भट्टराईले जानकारी दिए । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, ३ नम्बर वडाका अध्यक्ष बासुबहादुर बस्नेत, स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्कीलगायतको उपस्थितिमा भएको शिविरमा ६३ जनाको प्रेसर, मधुमेहको जाँच, ३९ जनाको फिजिसियन सेवा, २४ जनाको मानसिक स्वास्थ्यसम्बन्धी सेवा, १० जनाको आँखा जाँचलगायतका सेवा प्रदान गरिएको थियो ।

नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको गत बिहीबार महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । शिविरमा आँखा, नाक, कान, घाँटी, छालासहितको चेकजाँच गरिनेछ । महानगरका अनुसार अब माघ १५ गते मंगलबार ज्येष्ठ नागरिक समिति तथा योग ध्यान केन्द्र विराटनगर–११, १८ गते विराटनगर–१३ स्थित पूर्वाञ्चल बालसेवा आश्रम, माघ २२ गते ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगर–३ र २३ गते विराटनगर–१० स्थित मानव सेवा आश्रममा शिविर सञ्चालन हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल