Birat Post सोमबार, माघ १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,१४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाखभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरको छ ।

पार्टीको आइतबार काठमान्डौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले सबै जनवर्गीय सङ्गठनका अधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। माघ ११ गतेदेखि बसेको बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै राजनीतिक प्रतिवेदन, आर्थिक र साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको उनले बताए ।

पार्टीले उठाउँदै आएको हिन्दू राष्ट्रलगायत विषयवस्तुमा दबाब दिन प्रदेश र जिल्ला तहमा आगामी फागुनमा जनपरिचालन गर्ने निर्णय गरेको छ । भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको बैठकले सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन असफल भएको निष्कर्ष निकालेको छ ।

बैठकमा वडा तहबाट सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा गरिएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल