Birat Post आइतबार, माघ १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ माघ/ विराटनगर महानगरपालिकाले महिलाहरुको स्थितिपत्र तयार पार्ने भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, बासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, राम पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, सूर्यनारायण महतो, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, ओमप्रकाश साह, सुन्तली विश्वकर्मा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, कानुन शाखाकी प्रमुख शारदा थपलिया, महिला, बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीलगायतको उपस्थितिमा भएको कार्यशालामा स्वतन्त्र विज्ञ चन्द्र तिम्सिना उपाध्यायले स्थितिपत्र तयार पार्दा अबलम्बन गरिने विषयबारे जानकारी गराउनुभएको थियो ।

स्थितिपत्र आगामी जेठ मसान्तभित्र तयार गर्ने लक्ष्य रहेको छ । महानगर क्षेत्रभित्र बसोबास गर्ने १ लाख २१ हजार ७५३ जना महिलाको पारिवारिक, आर्थिक, वैवाहिक, पेशा, व्यवसाय, रोजगारी, जातीय, राजनीतिलगायतको अवस्थाका विषयमा अध्ययन गरिनेछ । १९ वटै वडामा पुगेर महिलाको स्थितिपत्र तयार पारिने उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । उहाँले निर्वाचित भएर आएपछि महानगरका महिलाको अवस्था के रहेछ भनेर स्थितिपत्र तयार पार्ने योजना रहेको सुनाउनुभयो । स्थितिपत्र तयार पारेपछि महिलाका क्षेत्रमा बजेट विनियोजन गर्न सजिलो हुने उपमेयर कार्कीको भनाइ थियो ।

 

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल