विराटनगर,१३ माघ । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिकराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए ।
समितीको उपाध्यक्षमा नरहरी निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला , सचिव सुरेश कुमार ढुङगेल , सह–सचिव ममता कोइराला ,कोषाध्यक्ष पुरुषोतम पौडेल,सदस्यहरुमा अनिल दाहाल , विप्लव चौलागाईँ , रेवतीराम रोक्का , वविता राई , शिवशंकर मेहता , हरि सुवेदी , प्राणनाथ दाहाल , मनोज ढकाल , खुमा अधिकारी , चन्द्रकला सापकोटा , सुनिता पौडेल , अनिल गिरी , कृष्ण प्रसाद भट्टराई निर्वाचित भएका छन् । साथै लेखा आयोग संयोजक मा चन्द्रमणी लुईटेल एवम लेखा सदस्यमा तिर्थ गुरागाईं , श्याम तिम्सिना रहेका छन ।
केन्द्रीय प्रतिनिधीमा रमेश खतिवडा , मोहनलाल मेहता , यामनाथ बराल , राजु पोखरेल , मुना दाहाल , रोहित पौडेल र प्रदेश प्रतिनिधिमा हरि प्रसाद सुवेदी , जानकी प्रसाद अधिकारी , सरण कुमार गजमेर , सुधिरा न्यौपाने ,नन्दकिशोर काफले , पशुपति घिमिरे , चुडामणी रिजाल , भानु गुरागाईँ , लुकनाथ पोखरेल , हेमसागर पोखरेल , जय प्रसाद काफले निर्वाचित भएका छन ।
नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उप– महासचिव रामचन्द्र अधिकारी कार्यक्रमका प्रमुख अतिथी रहेका थिए भने नेपाल कर्मचारी संगठन का निवर्तमान महासचिव जिवन काफले , नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बावुराम कार्की लगायतका विशिष्ट अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । विधानअनुसार समितिको अवधि तीनवर्षे हुनेछ ।