विराटनगर,११ माघ। उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र ग्यालेक्सि, क्रिकेटमा ग्रिनल्याड र सेन्टजोसेफ तथा कवडीमा विराट क्याम्पस, मोडर्न एरा, ग्रिनल्याण्ड र शिक्षादिप कलेज विजयी भएका छन् ।
आज भएको फुटबलको पहिलो खेलमा सेन्ट जोसेफ कलेजले मोडर्न एरालाई पेनाल्टीसुट आउटमा ३–२ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम २–२ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच सेन्ट जोसेफका अमर साह घोषित भए ।
दोस्रो खेलमा रेडस्टार कलेजले मेरिल्याण्ड कलेजलाई पेनाल्टीसुट आउटमा ५–४ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम १–१ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच रेडस्टारका विजय गुरुङ घोषित भए ।
तेस्रो खेलमा ग्यालेक्सि पब्लिक स्कुलले शिक्षादिप कलेजलाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम १–१ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच ग्यालेक्सिका अपिल राई घोषित भए ।
आजै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा दुई बर्षपछि हिसान खेलमा फर्किएको ग्रिनल्याण्ड कलेजले प्रतियोगिताको दावेदार अर्किड कलेजलाई १५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित १३ ओभरको खेलमा सवै विकेट गुमाई ७१ रन बनाएको थियो । ग्रिनल्याण्डका अमित चौधरीले सर्वाधिक ११ रन बनाए । अर्किडका नागेश्वर यादवले ३ विकेट लिए ।
जवाफमा ७२ रनको चुनौती पाएको अर्किडले निर्धारित पुरै ओभर खेल्दै ९ विकेट गुमाई ५६ रनमा सिमित भयो । अर्किडका रन्धिर कामतले १६ रनको योगदान दिए । ग्रिनल्याडका फैजल अन्सारी ४ विकेट लिए । उनी खेलको प्लेयर अफ म्याच भए ।
दोस्रो खेलमा सेन्ट जोसेफ कलेजले ग्यालेक्सि पब्लिक स्कुललाई वाक ओभरमा पराजित गरेको छ । खेल शुरु हुने समयमा ग्यालेक्सिका खेलाडीहरुको डकुमेन्ट ल्याउन नसकेको कारणले सेन्ट जोसेफ कलेज विजयी भएको एम्पायरले घोषणा गरे ।
आजै भएको कवडीको पहिलो खेलमा विराट क्याम्पसले नेशनल एकाडेमीलाई ५१–४ को स्कोरले पराजित गरेको छ । दोस्रो खेलमा मोडर्न एरा स्कुलले विकेभिएम स्कुललाई ६४–२३ को स्कोरले पराजित गरेको छ । तेस्रो खेलमा ग्रिनल्याण्ड कलेजले अरनिको कलेजलाई ३७–२९ को स्कोरले पराजित गरेको छ ।
चौथो खेलमा शिक्षदिप कलेजले शिक्षा सन्देश कलेजलाई वाक ओभरमा पराजित गरेको छ । समयमा शिक्षा सन्देश मैदान प्रवेश नगरेपछि खेल शिक्षादिप वाक ओभरमा विजयी भएको हो ।