विराटनगर,११ माघ ।
राष्ट्रिय बहिरा महासंघ नेपाल कोशी प्रदेशमा सुनिता तिम्सिनाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । बिहिबार विराटनगरमा भएको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।
समितिमा उपाध्यक्ष लोकनाथ गौतम (ओखलढुंगा ), सचिव भोला थापा (धनकुटा), कोषाध्यक्ष गंगा शिवाकोटी (भोजपुर) रहेका छन् । यस्तै सदस्यहरुमा देउ प्रसाद लिम्बू ( ताप्लेजुङ), अम्बिका निरौला ( झापा), जानुका वन राई (सुनसरी), सोभा ढुंगाना (उदयपुर) र बबिता पौडेल (तेह्रथुम) रहेको दोभाषे सन्तोषी घिमिरेले जानकारी दिइन् ।