विराटनगर ,८ माघ । सीजी मोटर्सले विराटनगरमा हिरो कम्पनीको एक्सट्रिम सिरिज अन्तरगतका दुईवटा नयाँ मोटरसाइकलका मोडलहरू एक्सट्रिम १२५ आर र एक्सट्रिम १६० फोरभी आरको क्षेत्रीयस्तरमा भव्य कार्यक्रमका साथ ‘ग्रान्ड लन्चिङ’ गर्नुका साथै बिक्री शुभारम्भ गरेको छ ।
हिरो मोटरसाइकलको विराटनगरस्थित आधिकारिक बिक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रालिका प्रबन्ध निर्देशक सन्तोष सिग्देलले अति नै आकर्षण ब्रान्डका हिरो मोटरसाइकल ब्राण्डमा अर्को आकर्षक दुई नयाँ मोडल ग्राहकले अति नै रुचाएको बताए । उनले हिरो मोटोकर्पले एक्सट्रिम रेजमार्फत नेपालका मोटरसाइकल चालकहरूका लागि आधुनिक सुविधा सहितको शक्तिशाली, आकर्षक र उत्कृष्ट मोडलका मोटरसाइकलको बिक्री शुभारम्भ भएको बताए ।
सीजी कम्पनीका मार्केटिङ म्यानेजर विक्रम पौडेलले एक्सट्रिम १६० आर फोरभी र एक्सट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा विश्वस्त रहेको बताए । सार्वजनिक गरिएका दुवै मोडेलहरू नेपालको नवलपरासीस्थित सीजी इन्डष्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा निर्माण गरिएको हो । हिरो मोटरसाइकल तथा स्कुटरहरू नेपालको प्रतिष्ठित तथा लोकप्रिय ब्रान्डमा चिनिने गर्दछ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सप्लस २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको मोटरबाइक बजारमा बलियो पकड जमाएको छ ।
सार्वजनिक गरिएको एक्सट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ र एक्सट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै एबीएस भेरियन्टका लागि भने ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको जनाइएको छ ।