Birat Post मंगलबार, माघ ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ माघ । सीमावर्ती सहर भारतको जोगबनीमा रहेको कस्टम क्लियरिङ् एजेन्ट एसोसिएसनको अध्यक्षमा रामबाबु यादव विजयी भएका छन् । गत शुक्रबार भएको चुनावमा उनी अध्यक्ष बन्न सफल भएका हुन् । यस्तै उपाध्यक्षमा राम स्वार्थ यादव , भरत यादव ,सचिवमा विनोद सिंह ,उप सचिव मुकेश यादव, कोषाध्यक्षमा चित रंजन मण्डल  ,उप कोषाध्यक्ष चित्तरन्जन  मण्डल विजयी भएका हुन् ।

यो समितिले नयाँ कार्यकालको भूमिका निर्वाह गर्नेछ । चुनावी प्रक्रियामा चुनाव पदाधिकारी कुन्दन पोद्दार,रामानंद यादव,राजनन्दन यादव,भरत यादव,रामसोगारत यादव,विनोद सिंह,मोहन यादव,सुरेन्द्र यादव,रामसुदी यादव,राजाराम यादव,बेचन यादव,रामा यादव,सुनिल यादव,राम यादव लगायत विभिन्न सदस्यहरुको सहभागिता रहेको थियो ।

विजयी भएसंगै अध्यक्ष यादवले सक्दोरुपमा संस्थागत हित र एजेन्टहरुको पक्षमा काम गर्ने बाचा गरेका छन् । यस्तै नेपालका तर्फबाट भन्सार एजेन्ट संघका केन्द्रीय सचिव प्रविन जोशीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । दुइदेश बीच रहेका भन्सार एजेन्टवीचको सहकार्य आवश्यक रहेको भन्दै जोशीले नवनिर्वाचित कार्यसमितिले अझ समन्वयात्मक कार्य गर्नेमा विश्वास लिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल