Birat Post सोमबार, माघ ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । पार्टी एकताको कुरा गरे संगै दुवै पार्टीमा हलचल मचिएको छ ।

शनिबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिले टुट, फुट र एकीकरणको पक्षमा नरहेको बताएका थिए । उनले अहिले सिंगो राप्रपा एकढिक्का रहेको दाबी गर्दै थापाले गरेको एकताको प्रस्ताव नकारेका थिए ।

कमल थापा नेतृत्वको राप्रपा नेपालतर्फ लक्षित गर्दै उनले कोहीसँग एकीकरण हुन भन्ने बजारको हल्लामा नलाग्न कार्यकर्तालाई आग्रह गर्दै भनेका थिए ‘राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन । अहिले सिङ्गो एकीकृत राप्रपा छ,’ ।

लिङ्देनले एकिकरण नगर्ने बताएपछि उनलाई जवाफ दिँदै थापाले पार्टी कमजोर भएर एकताको प्रस्ताव नगरेको भन्दै काउन्टर जवाफ फर्काएका छन् ।

उनले सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिन प्रस्ताव गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन।हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ भनेर हो।यो समय फेरि नआउन सक्छ ।’

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल