Birat Post मंगलबार, पुष २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२३ पुस ।  चुडाकवि स्मृति प्रतिष्ठानको आयोजनामा चौथो जिल्ला स्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ । मोरङको बुढीगंगा स्थित स्मृति बोर्डिङ स्कुलले गर्दै आएको प्रतियोगिता यस वर्षदेखि प्रतिष्ठानले गर्न लागेको हो ।

हरेक वर्ष माघ ९ गते हुने यस प्रतियोगितामा जिल्लाभरिका ५१ भन्दा बढी विद्यालयले सहभागिता जनाउने अपेक्षा प्रतिष्ठानको छ । भौतिक पूर्वाधार विकास कि समाजिक पूर्वाधार  विकास भन्ने शिर्षकमा हुने वादविवादमा प्रतियोगिहरुले पक्ष र विपक्षमा विचार राख्नेछन् । पक्ष र विपक्षको छनौट गोलाप्रथाबाट गरिनेछ ।

कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने प्रतियोगितामा नेपाली र अग्रेजी भाषामा विचार राख्न पाइने प्रतिष्ठानकी महासचिव रिता न्यौपानेले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका निर्णायकहरुमा सिस्नुपानी नेपालका सचिव सरोज घिमिरे, लेखक तथा साहित्यकार सुविन भट्टराई र कस्तुरी कलेज सुनसरीकी निर्देशक भेषजा काफ्ले रहनुहुने छ ।

पक्ष र विपक्षमा उत्कृष्ट विचार राख्नेहरु मध्ये प्रथमलाई २०/२० हजार, द्वित्यि लाई १५/१५ हजार र तृतीय हुनेलाई ११/११ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने छ । प्रतियोगितामा सहभागिता जनाउने मोरङका सामुदायिक तथा संस्थागत विद्यालयले माघ ५ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने छ भने २ हजार १ सय रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल