Birat Post सोमबार, पुष २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ पुस । उद्योग संगठन मोरङले विराटनगरमा विराट एक्स्पो २०२५ को आयोजना गर्ने भएको छ । विराटनगर वडा नं. १४ जतुवामा रहेको डिग्री क्याम्पसको मैदानमा एक्स्पो हुनेछ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक उद्योग संगठन मोरङले एक्स्पो भव्य रूपमा सम्पन्न हुने जानकारी दिएको छ ।

जसका लागि संगठनका उपाध्यक्ष भोलेश्वर दुलाललाई संयोजक र कार्यकारिणी समितिका सदस्य पारस लुनियालाई सहसंयोजकको जिम्मेवारी तोकेको छ । पत्रकार सम्मेलनमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले माघ ११ गतेदेखि सुरु हुने विराट एक्स्पो माघ २० गतेसम्म सञ्चालनमा रहने जानकारी दिए । उनले अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पोमा ९ वटा पेभिलियन अन्तर्गत २ सय ६८ वटा स्टल रहने बताए ।

डिजिटल कोशी बिल्डिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट नाराका साथ सञ्चालन हुने एक्स्पोमा २६८ वटा स्टलहरु रहनेछन् । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका गरी व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० स्टल,विराट बजार बिटुबीका १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२ स्टल, रोजगार कोशीका १२ स्टल, अटोमोबाइल्सका २० स्टल, औद्योगिक तर्फ ७५ स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईजका ७५ स्टल, खाद्यका १० स्टल र प्रयोजकका १२ स्टल रहनेछन् ।

संगठनका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले सवैको सहयोगमा मेला सम्पन्न हुनेमा आशावादी रहेको बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल