विराटनगर,१९ पुस । शान्ति पदयात्रा सहितका विविध कार्यक्रम गर्दै विराटनगरमा मारवाडी युवा दिवस मनाइएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गतको मारवाडी युवा मञ्च विराटनगरले शुक्रबार शान्ति पदयात्रा ,रक्तदान , भक्का आनन्द सेवा र झुल वितरण लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
मारवाडी युवा मञ्च विराटनगरका कार्यवाहक अध्यक्ष एवं नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सचिव मोहित लालवानीको अध्यक्षतामा निस्केको शान्ति पदयात्रा र् यालीमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक केन्द्रीय अध्यक्ष सुरेन्द्र गोल्छा, केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल र केन्द्रीय सदस्य जय शर्मा लगायतको सहभागिता रहेको थियो । यस्तै विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका थिए । यस्तै ५० जना विपन्न परिवारलाई झुल वितरण गरिएको थियो।
विराटनगरको मेनरोड स्थित जैन स्वेताम्बर तेरापंथ सभा भवन अगाडि आयोजित कार्यक्रममा नेपाल मारवाडी युवा संगठनका संस्थापक केन्द्रीय अध्यक्ष सुरेन्द्र गोल्छा, संस्थापक केन्द्रीय उपाध्यक्ष नन्दकिशोर राठी, संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल, संगठनका केन्द्रीय सचिव एवं मारवाडी युवा मञ्च विराटनगरका कार्यवाहक अध्यक्ष मोहित लालवानी, संगठनका केन्द्रीय सदस्य जय शर्मा, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका केन्द्रीय सचिव अमिता पेडिवाल, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, जैन स्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगढ, मारवाडी युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष शिवरतन जोशी, राजेश लखोटिया र शेरसिंह दुगढ, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानी, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईँ, नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की र समाजसेवी पवन सुरानाको सहभागिता रहेको थियो ।