Birat Post बुधबार, पुष १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ पुस । नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशनबाट गोविन्द प्रसाद सुवेदी सर्वसम्मत अध्यक्ष चयन भएका छन् । सो संगठनको महासचिवमा मोहन कुमार श्रेष्ठ चयन भएका छन् ।

कर्मचारी संगठनको अधिवेशन गत ११ र १२ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा भएको थियो । अधिवेशनमा देशभरबाट भेला भएका करिब ५ सय जना भेला भएका थिए । अधिवेशनले अध्यक्षमा सुवेदी, महासचिवमा श्रेष्ठसहित ५१ सदस्यीय केन्द्रीय समिति तथा १३३ सदस्यीय केन्द्रीय परिषद समिति निर्वाचित गरेको हो ।

‘सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौं, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौं’ भन्ने मूल नाराको साथ स्थापना भएको संगठनको चौथौ महाधिवेशन माओवादी केन्द्रका उप(महासचिव तथा कर्मचारी फ्याक्सन इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै गजुरेलले नेपाल बैंक लिमिटेडले आफ्नो शाख र गरिमालाई पुर्नजागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न आग्रह गरे । मन्तव्यकै क्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले कर्मचारी हकहितमा केन्द्रित ट्रेड युनियनको अन्दोलनलाई राजनैतिक पार्टीहरूले दबाउन खोजे त्यसको सशक्त प्रतिकार गरिने बताए ।

यस्तै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेले बैंकको समग्र विकासमा ट्रेड युनियनहरूले खेलेको भूमिकाहरूको सराहना गरे ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल