कौशल निरौला
विराटनगर,२२ मंसिर । विराटनगर–४ ग्रीनपार्कमा रहेको रुद्रेश्वर शिव पाञ्चायन मन्दिर सेवा समितिद्वारा आयोजना गरिएको श्रीमद्भागवत महापुराणमा धर्मानुरागीहरुको व्यापक सहभगिता बढेको छ ।
पुराणका मुख्य वाचक योगेश भण्डारी र सहायक वाचक पण्डित श्याम पौडेल रहेका छन् । मंसिर १७ गतेदेखि सुरु भएको पुराण २३ गतेसम्म भइ सम्पन्न हुनेछ । पुराणमा दान गर्ने दाताहरुलाई आयोजकले बिभिन्न खाले सम्मानको व्यवस्था गरेको छ ।
एक हजार एक सय रुपैयाँ भन्दा माथि र एक लाख रुपैयाँ भन्दा माथि दान गर्नेहरुलाई बिभिन्न खाले सम्मान गरिने मन्दिर समितिका अध्यक्ष शम्भु पोखरेलले जानकारी दिए ।
विराटनगरका विभिन्न भजन समुह लगायत धर्मानुरागीहरुको उल्लेख्य सहभागिता भएको मुल आयोजक समितिका संयोजक नुर्जप्रसाद तिम्सिनाले बताए । एक करोड रुपैयाँको अक्षयकोष स्थापनाका लागि गरिएको पुराणले आशाजनक बनाएको तिम्सिनाको भनाइ छ ।