विराटनगर,२२ मंसिर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी भित्र आफ्ना माग र कुराहरु राख्नलाई कसैलेले हिचकिचावट गर्नु नहुने बताएका छन् । शनिबार कोशी प्रदेश सम्मेलन बोल्दै सिटौलाले नेता डा. शेखर कोइराला तर्फ इंगित गर्दै भने,”मेरा प्रिय साथी शेखरले यहीँ कुरा उठाइदिनु भएको भए हुन्थ्यो । यहीँ फोरममा आफ्ना कुरा राख्नु भएको भए हामीले पनि थाहाँ पाउथ्यौं ।”
उनले कोइराला कार्यक्रममा उपस्थित नहुँदा आफू दुःखी भएको समेत बताए । कोइराला चितवनको एक कार्यक्रममा पुगेका छन् । सिटौलाले पार्टीमा आफ्ना कुरा राख्न पनि कोइरालालाई आग्रह गरे । उनले भने,”यस्तै फोरमहरुमा कुरा राखेपनि हुन्छ । नभए ‘केन्द्रीय समितिमा राखे पनि हुन्छ । जुनकुरा छलफलबाट निचोडमा पुग्छ । विधान अनुरुप समस्या समाधानमा हिड्ने हो ।”