विराटनगर,२० मंसिर । नेपाली कांग्रेस कोशी प्रदेश पेशागत तथा वुद्धिजीवी बिभागको प्रथम वैठक विराटनगरमा बिहिबार सम्पन्न भएको छ । विभागका संयोज रामकुमार थापा अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौला,कोशी कांग्रेसका सभापति उद्धव थापा,नेपाली कांग्रेस नेता रमेशजंङ्ग रायमाझी,कोषाध्यक्ष राजेश गुप्ता,प्रवक्ता यदु विष्ट लगायतको उपस्थिति रहेको थियो ।
विभागको वैठकले कोशी प्रदेशका सवै जिल्लामा वुद्धिजीवी तथा पेशगत क्षेत्रका व्यक्तिहरुलाई पार्टीको गतिविधिमा सक्रिय बनाउने निर्णय गरेको छ । यसका अलावा विभागले पाएको जिम्मेबारीलाई अझ सशक्त बनाउने विषयमा समेत छलफल भएको संयोजक थापाले बताए ।