Birat Post बिहिबार, मंसिर २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० मंसिर । शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम उमेरहदका कारण मङ्सिर २० गतेदेखि अनिवार्य अवकाश भएका छन् । २०५० साल माघ २९ गतेबाट विद्यालय निरीक्षकको रूपमा शिक्षा सेवामा प्रवेश गरेका गौतम मोरङ इलाम संखुवासभा लगायतका जिल्लाहरूमा शिक्षा प्रमुख भएर कार्य गरिसक्नुभएको छ ।

लामो समयसम्म शिक्षा क्षेत्रमा रहँदै आउनुभएका गौतम लोकप्रिय तथा इमान्दार प्रशासकको रुपमा चिनिनुहुन्छ । इलामको देउमाई नगरपालिका ६ मा जन्मिनुभएका गौतम जागिर जीवनको सुरुवात ताप्लेजुङ जिल्लाबाट गर्नुभएको थियो। मोरङमा २०५८ फागुन ९ गतेदेखि २०५९ मङ्सिर २९ गतेसम्म निमित्त जिल्ला शिक्षा अधिकारी भएर कार्य गर्नुभएको थियो। पुनः २०७७ साल मंसिर ८ गतेदेखि २०८१ साल मङ्सिर १९ गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइ मोरङ को प्रमुख को रूपमा रहेर अवकाश मोरङबाटै हुनुभयो।

बुधबार नेपाल शिक्षक महासङ्घ मोरङ पालिका शिक्षा शाखा प्रमुख प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीहरूले बिदाई गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक महासङ्घ अध्यक्ष कुमार पोखरेल , विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, शिक्षकका पेशागत संघ संगठनका अध्यक्षहरु ,विराटनगर महानगरपालिका अन्तर्गतका प्रधानाध्यापक, जहदा गाउँपालिका शिक्षा शाखा प्रमुख दीपक खनाल , रंगेली नगरपालिका शिक्षा शाखा प्रमुख रविन्द्र पण्डित, केराबारी गाउँपालिका शिक्षा शाखा प्रमुख अर्जुन घिमिरे लगायतले दोसल्ला करुवा खादा माला अबिर सम्मानपत्र लगायतले सम्मान गर्दै बिदाई गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल