Birat Post बिहिबार, मंसिर २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० मंसिर / नेकपा एमाले कोशी प्रदेश कमिटीको कला, साहित्य तथा संस्कृति विभागले प्रदेश सरकारलाई विभिन्न सातबुँदे सुझाव दिएको छ । प्रदेशमा रहेको समग्र साहित्य, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र उत्थानका लागि गम्भीर हुन कमिटीले आग्रह पनि गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर विभागका प्रमुख खेम नेपाली नेतृत्वको टोलीले ७ बुँदे लिखित सुझाव दिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रदान गर्न सुरु गरेको प्रदेश साहित्य, कला, सम्मानलाई निरन्तरता दिनुपर्ने, प्रदेश प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी निर्मित कानुन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मान्यताअनुसार नभएकाले परिमार्जन गरी लोकतान्त्रिक व्यवस्थाअनुसारको प्रदेश प्रज्ञा प्रतिष्ठान यथाशीघ्र गठन गर्नुपर्ने, कोशी प्रदेश धेरै आदिवासी तथा जनजातिको बसोबास रहेकाले यो भूमिमा धेरै मौलिक भाषा, गीत, संगीत, भेषभुषा र संस्कृति रहेकाले तीनको संरक्षण र सम्वद्र्धनमा विशेष योजना बनाउनुपर्ने विभागले बुझाएको सुझावमा उल्लेख छ ।

विभागका प्रदेश प्रमुख खेम नेपाली, उपप्रमुख जेवी थुलुङ र सचिव चन्द्रबहादुर सेमीले हस्ताक्षर गरेको सुझावपत्रमा एकीकृत चलचित्र निर्माणस्थल, फिल्म सिटी निर्माणको योजना अघि सार्नुपर्ने, विद्यार्थी तथा युवाहरुमा देशभक्तिको भावना विकास गर्न देशभक्ति तथा जागरण गीतसंगीतलाई सरकारी तबरबाट पृष्ठपोषण गर्नुपर्ने, कोशी प्रदेशका विद्यालय र विश्वविद्यालयमा विविध कला विषय अध्ययन गराउन सरकारीस्तरबाटै पहल गरिनुपर्ने र प्रदेशका विविध जाति, जनजातिका संस्कृति समेटिने प्रादेशिक संग्राहालय निर्माणमा पहल गर्नुपर्ने उल्लेख छ । सो अवसरमा विभागमा आबद्ध साहित्यकारहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल