Birat Post मंगलबार, मंसिर १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ मसिर । उद्योग-व्यवसायहरुले खपत गर्ने उर्जा, सिर्जना हुने समस्याका साथै परिवर्तनहरुको सम्वन्धमा ईन्टर डिसिप्लिनरी एनालिष्ट (आई.डि.ए) र उद्योग संगठन मोरङको समन्वयमा गत असोजमा उद्योग व्यवसायहरुमा भएको उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष  राकेश सुरानाले सर्वेक्षणबाट आएका तथ्यांकले आगामी दिनमा संगठनलाई उर्जासंग सम्वन्धी वहस र पैरवीमा सहयोग पुग्ने वताए । उनले सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा उर्जा व्यवस्थापनका लागि अपनाउनु पर्ने सुधारका सम्वन्धमा सरोकारवाला पक्ष्ँहरुको ध्यानाकर्षण गराई प्राप्त उर्जाको वास्तविक अवस्थाबाट अवगत गराउदै गुणस्तरमा सुधारका लागि पहल गर्ने स्पष्ट पारे ।

कार्यक्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका अध्यक्ष्ँ दिपक ज्ञवालीले ठूला, मझौला, साना, कुटिर र परम्परागत शिपबाट सञ्चालित उद्योग÷व्यवसायहरुमा सर्वेक्ष्ँण गरिएको जानकारी गराए । उनले सर्वेक्षणको क्रममा उद्योगले प्रयोग ईन्धन, लोडसेडिङ र ट्रिपिङको वास्तविक अवस्था र प्राप्त उर्जाको गुणस्तर जस्ता कुरालाई ध्यानमा राखीएको वताए । त्यसैगरी उर्जा दक्ष्ँता अभिवृद्धिका लागि गर्नुपर्ने सुधार, उर्जा खपत न्यूनिकरणका उपायलाई केन्द्रमा राखी गरेको सर्वेक्षणको प्रतिवेदनले आगामी दिनमा सुधारको योजना वनाउदा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिवदेन प्रस्तुतीको क्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले उद्योग व्यवसाय क्ष्ँेत्रको अवस्थालाई मनन गरी नीतिहरु तय गर्नुपर्ने, गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने, साना उद्योगहरुको संरक्ष्ँणका लागि उर्जामा सहुलियत प्रदान गर्नुपर्ने सुझाव सर्वेक्षणबाट प्रँप्त भएको वताए ।

निर्देशक शर्माले आइ.डि.ए ले गरेको सर्वेक्षणबाट प्राप्त तथ्यांक प्रशोधन गरी तयार पारिएको प्रारम्भिक प्रतिवेदन भएको स्पष्ट पार्दै थप विषयहरुलाई अन्तिम प्रतिवेदनमा समावेश गरिने वताए ।

उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ भोलेश्वर दुलाल, विपिन कावरा, कार्यसमिति सदस्य एवं उर्जा समितिका संयोजक सन्तोष भगत, सृजन प्याकुरेलका साथै उद्योग प्रतिष्ठानका संचालक र व्यवस्थापकहरुको सहभागिता थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल