Birat Post बिहिबार, मंसिर ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ मंसिर / विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने अभिमुखीकरण दिइएको छ । करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले १९ वटै वडामा परीक्षण अभियान सञ्चालन गर्दैछ ।

करुणा फाउण्डेसनले सम्बन्धित पालिकाहरुको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१÷८२ का लागि कोशी प्रदेशका चारवटा पालिकामा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम परियोजना सञ्चालन गर्दैछ । सोही परियोजनाअन्तर्गत बिहीबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्षहरु काजीबहादुर बस्नेत, कुमार पोखरेल, वासुबहादुर बस्नेत, मधुबाबु तिवारी, तीर्थेन्द्र नेउपाने, उद्धव भुजेल, श्याम घिमिरेलगायतको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

परियोजनाअन्तर्गत विराटनगर महानगरपालिकाका करिब ४७ हजार महिलाहरुको पाठेघरको परीक्षण गरिने फाउण्डेशनकी कार्यक्रम अधिकृत रविना खड्काले जानकारी दिनुभयो । परीक्षणपश्चात पाठेघरमा समस्या देखिएका महिलाहरुको महानगरअन्तर्गतका बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवले बताउनुभयो । परियोजना सफल बनाउन महानगरका १९ वटै वडामा १३९ जना महिला स्वयंसेविकाहरु परिचालन गरिनेछ ।

हरेक स्वयंसेविकाले करिब २ सयजना महिलालाई स्वास्थ्य केन्द्रमा परीक्षण गर्न ल्याउनेछन् । स्वयंसेविकाहरुले घरघरमा पुगेर जनचेतना फैलाउनुका साथै महिलाहरुलाई परीक्षण गर्नका लागि प्रोत्साहन गरेर स्वास्थ्य संस्थामा जान आग्रह गर्नेछन् । महानगरका १९ वटै वडामा सञ्चालित स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको परीक्षण गरिनेछ ।

विराटनगर महानगरसहित कोशी प्रदेशका दुहबी, इनरुवा र धरानमा यो परियोजना सञ्चालन हुनेछ । चारवटै पालिकाको नेतृत्वमा करिब १ लाख ७ हजार ५ सय महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ । लक्ष्यको कम्तीमा ८० प्रतिशतले परीक्षण गर्ने अपेक्षा राखिएको फाउण्डेसनकी कार्यक्रम अधिकृत खड्काले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल