काठमाडौं,४ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । दिउँसो थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको थियो ।
ब्यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
सोमबार प्रसाईंले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए ।