Birat Post शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० कार्तिक / विराटनगर महानगरपालिकाले गत आथिक वर्षको वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल तथा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थितिमा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा आर्थिक प्रशासन महाशाखा प्रमुख संजीवकुमार भट्टराई, राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोजकुमार गौतम, स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादव, शैक्षिक प्रशासन महाशाखा अधिकृत कृष्ण भट्टराई, योजना तथा पूर्वाधार विकास महाशाखा प्रमुख अर्जुन थापा, घर नक्सा शाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, आर्थिक विकास महाशाखा प्रमुख कृष्ण पोखरेल,, सामान्य प्रशासन शाखाकी प्रमुख अनिता कोइराला, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहोनीलगायत महाशाख र शाखा प्रमुखहरुले एक वर्षको अवधिमा आफ्नो शाखा महाशाखाले गरेको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले आफ्ना महाशाखा र शाखा नीतिगत समीक्षा, कार्यान्वयन गर्दा देखा परेका समस्या र चुनौतीहरुसमेत जानकारी गराउनुभएको थियो ।

गोष्ठीलाई सम्बोधन गर्दै मेयर कोइरालाले आगामी दिनमा अझै प्रतिफल प्राप्त हुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको थियो । त्यस्तै उपमेयर कार्कीले महानगरले अघि सारेका नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न रणनीतिक योजनासहित प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले जनप्रतिनिधि र कर्मचारीहरुबीचको सहकार्य र एकताले गत वर्ष भौतिक विकास, राजस्व संकलन, बजेट कार्यान्वयन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रभावकारी काम भएको दाबी गर्नुभयो । आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादन गर्न कर्मचारीहरुको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले हरेक वर्ष वार्षिक समीक्षा गोष्ठी गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल