Birat Post मंगलबार, कार्तिक २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ कार्तिक/ विराटनगरस्थित विराट बहिरा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार भएको छलफलमा बहिरा बालबालिकालाई दक्ष र सीपयुक्त बनाउन प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए ।

विद्यालयमा आगामी शैक्षिक सत्रदेखि होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोग हुनु आवश्यक रहेको उनीहरुको भनाइ थियो । महानगरका मेयर कोइरालाले विगतमा इन्जिनियरिङ पठनपाठन गर्ने योजना कार्यान्वयन नभएको उल्लेख गर्नुभयो । उहाँले होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने योजनालाई कार्यान्वयन गर्न महानगरपालिका तयार रहेको प्रस्ट पार्नुभयो । मेयर कोइरालाले विगतमा इन्जिनियरिङ पठनपाठन गराउने योजनाजस्तै होटल व्यवस्थापन पनि योजनामै सीमित नहोस् भन्ने सचेत गराउनुभयो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मीना जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विएसएन विद्यालयका संस्थापक मनोज राजवंशीले होटल व्यवस्थापन कार्यक्रमका अवसर र चुनौतीका विषयमा प्रकाश पार्नुभएको थियो । छलफलमा सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्री, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल, जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, राष्ट्रिय बहिरा महासंघका महासचिव सीताराम ओझा, महासंघका कोशी अध्यक्ष नविन ढुंगेल, आयोजक विद्यालयकी प्रधानाध्यापक मीनु अधिकारीलगायतले बहिरा माविमा होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइयो
सेना परिचालनका लागि अपनाउनुपर्ने विधि सिफारिस
रंगेलीमा ड्रागन फल खेतीबाट राम्रो आम्दानी गर्दै कृषक

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल