विराटनगर,२६ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन नदिने बताउनुभएको छ । विराटनगर स्थित होटल ह्यारिसनमा पत्रकारहरुसँगको भेटघाटमा उहाँले उद्योगहरुको काटिएको बिजुली लाईन नजोडिएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा सो जवाफ दिँदै कुनै पनि हालतमा देश बिगार्न नदिने बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले सङ्खीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन ढिलाई गरेको प्रसङ्गमा उहाँले प्रदेश सरकारले विकासको कामसँगै सुशासनको काम गर्नु पर्छ भत्रुभयो ।उहाँले संविधानको संशोधन संसदले गर्ने हो आयोगले होइन भत्रुभयो ।