Birat Post बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,७ कार्तिक । प्रदेश राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ । केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताउनुभयो ।

मेयर कोइरालाको उपस्थितिमा ट्राफिक प्रहरी, नगर प्रहरी, इन्जिनियर, परामर्शदातालगायतसँग बुधबार भएको छलफलपछि पहिला परीक्षण गर्ने र त्यसपछि नियमित कार्यान्वयनमा लाने निर्णय भएको हो । परीक्षण नगरी कार्यान्वयनमा जाँदा ट्राफिक व्यवस्थापन समस्या आउने निष्कर्षसहित पहिलो चरणमा पाँचवटै लाइटको परीक्षण गरिने भएको हो । लाइटको परीक्षण सँगसँगै सर्वसाधारणमा सचेतनामूलक सन्देशसमेत प्रवाह गरिने मेयर कोइरालाले बताउनुभयो । ‘ट्राफिक प्रहरी र नगर प्रहरीले ट्राफिक लाइटको परीक्षणका क्रममा देखिएका समस्याहरुको पहिचान गरी समाधानको उपायसहित महानगरलाई सुझाव दिनेछ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि समस्या देखिएमा समाधान गरिने र नदेखिएमा नियमित कार्यान्वयनमा लगिनेछ ।’

ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले पनि ट्राफिक लाइटमार्फत विराटनगरको ट्राफिक व्यवस्थापन गर्न सघाउनेछ । पाँचवटै स्थानमा ट्राफिक लाइट जडान र आवतजावतका लागि ट्राफिक संकेत चिन्ह (रोड मार्किङ) समेत राखिसकिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणपश्चात ट्राफिक लाइटको औपचारिक रुपमा उद्घाटन गरिनेछ । उद्घाटनपछि भने लाइटमार्फत नियमित ट्राफिक व्यवस्थापन गरिनेछ ।

महानगरले ७७ लाख रुपैयाँको लागितमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान गरिसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् । ट्राफिक लाइटको नियमित कार्यान्वयनमा आएपछि विराटनगरको ट्राफिक समस्याको समाधान हुने पौडेलले विश्वास लिनुभयो । यसअघि प्रदेश सरकारले बरगाछीमा ट्राफिक लाइट जडान गरेर नियमित कार्यान्वयनमा ल्याइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल