नेपालगञ्ज,कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याउन थालेको भनिएको अध्यादेश अनुपयुक्त भएको प्रतिक्रिया दिएका छन् ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुन थालेको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउदा सबै दलहरुसँग छलफल गर्नुपर्नेमा त्यसो नगरी सरकारले बहुदलीय प्रजातन्त्र नै समाप्त पार्ने दुश्प्रयास गरेर अध्यादेश ल्याउन थालेको बताए ।
सरकारले जबरजस्ती ल्याएमा त्यो आफ्नो खाल्डो आफै खनेको ठहरिनेछ ।’ अध्यक्ष लिङ्देनले रवि लामिछाने पक्राउलाई अनुचित नभएको प्रतिक्रिया दिए । अभियोग लागेपछि सफाई दिनु पर्ने बताएका लिङ्देनले यस्ता अभियोग लागेका कांग्रेस र एमालेका नेतालाई पनि पक्राउ गर्नुपर्ने बताए ।